भरतपुरको रोयल फर्निचर उद्योगमा भीषण आगलागी

चितवनको भरतपुर महानगरपालिका–५ स्थित रोयल फर्निचर उद्योग मा सोमबार बिहान करिब ३ बजेदेखि लागेको भीषण आगलागी अन्ततः पूर्ण रूपमा नियन्त्रणमा आएको छ।

उद्योगभित्र रहेको काठ तथा अन्य ज्वलनशील सामग्रीका कारण तीव्र रूपमा फैलिएको आगो नियन्त्रणका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना तथा स्थानीयवासीको सक्रिय सहभागिता रहेको थियो।

आगलागी नियन्त्रणका लागि भरतपुर महानगरपालिका, गैंडाकोट नगरपालिकाकालिका नगरपालिका बाट ल्याइएका चार वटा दमकल परिचालन गरिएको थियो।

आगलागीबाट भएको क्षतिको यकिन विवरण आउन बाँकी रहेको छ भने आगलागीको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु