काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का बरिष्ठ नेता बालेन्द्र शाह प्रधानमन्त्री बन्ने तयारीमा रहेका छन् । पार्टीको आज बसेको केन्द्रीय समितिको बैठकले उनलाई संसदीय दलको नेतामा चयन गरेपछि प्रधानमन्त्री बन्ने बाटो औपचारिक रूपमा खुलेको हो ।
भोलि हुने सपथ ग्रहण समारोहमार्फत उनले देशको कार्यकारी नेतृत्व सम्हाल्ने तयारीमा रहेका छन् । पछिल्लो समय वैकल्पिक राजनीतिका प्रतिनिधि अनुहारका रूपमा स्थापित हुँदै आएका शाहको यो उचाइलाई राजनीतिक वृत्तमा नया आशाको रूपमा हेरिएको छ।
यसैबीच, राजनीतिसँगै सांगीतिक क्षेत्रमा पनि सक्रिय शाहले आफ्ना समर्थकलाई ‘सरप्राइज’ दिँदै नयाँ गीत “जय महाकाल” सार्वजनिक गरेका छन्। आफ्नै आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको उक्त गीतले छोटो समयमै उल्लेखनीय भ्युज बटुल्दै सामाजिक सञ्जालमा चर्चा कमाइरहेको छ।


