चितवनको सात धार्मिक विद्यालयका विद्यार्थी एसईईमा सहभागी हुने

भरतपुर – जिल्लाका सात धार्मिक विद्यालयका विद्यार्थी माध्यामिक शिक्षा परीक्षा (एसइई)मा सहभागी हुने भएका छन् । ती विद्यालयमा अध्ययनरत ११० जना विद्यार्थी एसईईमा सहभागि हुन लागेका हुन ।

शिक्षा बिकास तथा समन्वय इकाई चितवनका अनुसार ती सहित जिल्लाका २४४ विद्यालयका विद्यार्थी एसईईमा सहभागी हुँने छन् । यही चैत १९ गतेबाट सुरु हुने एसईई परिक्षामा सामुदायीक तर्फ १२४ विद्यालय, ११३ वटा संस्थागत विद्यालय र सात धार्मिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरु सहभागी हुन लागेका हुन ।

यस वर्ष विद्यार्थी सहभागी गराउन लागेका धार्मिक विद्यालयमा रत्ननगरको श्रीराम बैद्धिक संस्कृत गुरुकुलमका १० , रत्ननगरकै गायत्री बेद विद्या गुरुकुलमका १४ , भरतपुरको बैकुण्ठ प्रम बैद्धिक बिद्या प्रतिष्ठानका ७ र भरतपुरको परभानन्द स्मृति बैद्धिक विद्या भवन गुरुकुलका १० जना नियमित परिक्षामा सहभागी हुने छन् । यसै गरी देवघाटको राम जानकी गार्गी कन्या गुरुकुलमका ११ , देवघाटकै योगी नरहरीनाथ संस्कृत गुरुकुलका १० जना र देवघाटकै सिताराम संस्कृत माध्यामिक बिद्यालयका ११ जना बिद्यार्थी सहभागी हुने छन् ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु