बिना पूर्वाग्रह जेनजी आन्दोलनको प्रतिवेदन कार्यान्वयन होस् : गगन थापा

एटुजेड समाचार

काठमाडौं – नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले जेनजी आन्दोलनको छानबिन गर्न बनेको जाँचबुझ आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न माग गरेका छन् ।मंगलबार पार्टी केन्द्रीय कार्यसमिति बैठकलाई सम्बोधन गर्ने क्रममा उनले सार्वजनिक भएलगत्तै उक्त प्रतिवेदन कार्यन्वयन पनि हुनुपर्ने बताए ।

‘त्यो प्रतिवेदन तत्काल सार्वजनिक पनि होस् । त्यो प्रतिवेदन अनुसार कार्यान्वयन पनि होस्,’ थापाले भनेका छन्, ‘जसले गल्ती गरेको छ उसले सजाय पाउने अवस्था बनोस् ।’ साथै, उनले बिना पूर्वाग्रह प्रतिवेदन कार्यान्वयन गर्ने कुरा अघि बढोस् भन्ने विषयमा आफ्नो पार्टी स्पष्ट अडान राखेको जानकारी दिए ।‘बिना पूर्वाग्रह यी कुराहरू अघि बढोस् भन्ने कुरामा नेपाली कांग्रेस पार्टी स्पष्ट अडान पनि राख्छ,’ थापाले भनेका छन् ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु