नेपाल आउँदै ‘शोले’का निर्देशक रमेश सिप्पी

एटुजेड समाचार

काठमाडौँ – बलिउडको प्रसिद्ध फिल्म फिल्म ‘शोले’का निर्देशक रमेश सिप्पी नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ)मा उद्घाटन समारोहमा आउने भएका छन् ।

उनी उद्घाटन कार्यक्रममा विशेष उपस्थिति जनाउन नेपाल आउने निश्चित भएको निफका अध्यक्ष केपी पाठकलेे बताए ।

निफमा सिप्पीले भारतीय फिल्मको यात्रा, आफ्नो फिल्मी यात्रा र अनुभवबारे नेपाली फिल्म मेकर र दर्शकमाझ सेयर गर्ने कार्यक्रम राखिएको पाठकले जानकारी दिए । ‘नेपाली–भारतीय मेकरहरूको सम्बन्ध विस्तार र जिग्गज व्यक्तित्वको अनुभव  नेपाली मेकरहरूका लागि पक्कै फलदायी हुन्छ । उहाँले पनि हाम्रो प्रस्ताव मान्नुभएकाले खुसी छौँ,’ उनले भने ।

सिप्पीले दर्जनभन्दा बढी फिल्म निर्देशन गरेका छन् । पछिल्लो समय उनले निर्देशन गरेको फिल्म ‘सिम्ला मिर्ची’ सन् २०२० मा प्रदर्शनमा आएको थियो । उनी निर्माता र कलाकारसमेत हुन् ।

नवौं संस्करणको निफ चैत १९ बाट काठमाडौं हुँदैछ । आयोजकका अनुसार निफमा ४० देशका ८८ फिल्म देखाइनुका साथै फरक–फरक विषयमा १० वटा अन्तर्क्रियात्मक कार्यक्रमहरू गरिनेछ ।

Forbes

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु