डोल्पामा बोलेरो जिप दुर्घटना, चालकको मृत्यु

डोल्पा — डोल्पाको मुड्केचुला गाउँपालिका–३ काङ्ग्रे खोला नजिक पर्ने कच्ची सडकखण्डमा जिप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । दुर्घटनामा जिप चालक मुड्केचुला–३ भोटगाउँ घर भई हाल रुकुम पश्चिमको त्रिवेणी बस्दै आएका २३ वर्षीय सलमान रोकायको मृत्यु भएको छ ।

मंगलबार ५:२८ बजे खर्कबाट त्रिवेणी (रुकुम पश्चिम) तर्फ जाँदै गरेको भे १ ज ३९७० नम्बरको बोलेरो जिप अनियन्त्रित भई सडकबाट करिब ४० मिटर तल खसेको प्रहरीले जनाएको छ ।

कुखुरा पुर्‍याएर फर्किन लागेको जिपमा चालकबाहेक यात्रु नरहेको बताइएको छ ।

दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु