काठमाडौं — ठमेल क्षेत्रबाट स्रोत नखुलेको नगदसहित एक चिनियाँ नागरिक पक्राउ परेका छन्।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय का अनुसार काठमाडौं महानगरपालिका–२७ ठमेलबाट ५३ वर्षीय चिनियाँ नागरिक तान जियाङलाई पक्राउ गरिएको हो। उक्त कार्यालयका एसपी मनोहर भट्ट ले पक्राउबारे जानकारी दिएका हुन्।
चीनको हुआन घर भई ठमेल क्षेत्रमा होटल व्यवसाय सञ्चालन गर्दै आएका तान जियाङको साथबाट स्रोत नखुलेको नगद १० लाख रुपैयाँ बरामद गरिएको प्रहरीले जनाएको छ।
पक्राउ परेका जियाङलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ।


