भरतपुरमा मालवाहक मिनी ट्रक अनियन्त्रित भई चिप्लिँदा सडकको डिभाइडरमा क्षति

एटुजेड समाचार

चितवन – भरतपुरमा मालवाहक मिनी ट्रक अनियन्त्रित हुँदा सडकको बीचमा रहेको डिभाइडरमा क्षति पुगेको छ।

आज शुक्रबार भरतपुरको हाकिमचोकदेखि चौबिसकोठी जाने क्रममा कामा कम्पनीको मालवाहक सानो मिनी ट्रक तीव्र गतिका कारण चिप्लिएर अनियन्त्रित हुँदा उछुट्टिएर सडकको बीचको डिभाइटरमा क्षति पुगेको हो।

बागमती प्रदेश ०१ – ०३१ च ९८५६ नम्बरको सो गाडी सडकबाट उछुट्टिएर डिभाइडरमा उक्लिन पुगेको थियो। जसकारण डिभाइडरमा लगाइएको बारमा क्षति पुगेको हो।

घटनामा कुनै मानवीय क्षति भने भएको छैन भने गाडीको केहि पार्टपुर्जामा सामान्य क्षति पुगेको छ। हाल उक्त गाडीलाई भरतपुर महानगरपालिका लगिएको छ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु