मतदान केन्द्रहरुमा पुगेर मतदाता भेट्दै चितवन क्षेत्र नम्बर २ की उम्मेदवार मिना खरेल

एटुजेड समाचार

चितवन – चितवन क्षेत्र नम्बर २ की उम्मेदवार मिना कुमारी खरेल मतदान केन्द्रहरूको अनुगमनमा व्यस्त रहेकी छन्। उनि आज बिहान ७ बजेबाट नै चितवन २ का विभिन्न मतदान केन्द्रहरुमा पुगेर मतदाताहरुलाई भेट गरेकी छन् ।

उनले आफुले भने भरतपुर–४ स्थित श्री माध्यमिक विद्यालय बार्हघरे मतदान केन्द्रबाट १२:२५ मा मतदान गर्ने कार्यक्रम रहेको छ।

चितवनमा बिहान ७ बजेदेखि मतदान शान्तिपूर्ण रूपमा सुरु भएको निर्वाचन अधिकृतले जानकारी दिएका छन् । कतिपय स्थानमा प्रक्रियागत कारणले दुई–चार मिनेट ढिला भए पनि समग्रमा निर्धारित समयमै मतदान सुरु भएको र कतै पनि समस्या नदेखिएको जनाइएको छ ।

चितवन २ मा नेपाली कांग्रेसबाट मिना कुमारी खरेल उम्मेदवार बनेकी छन् भने नेकपा (एमाले)बाट अस्मिन घिमिरे, राष्ट्रिय स्वतन्त्र पार्टीबाट रवि लामिछाने र नेपाली कम्युनिष्ट पार्टीबाट प्रताप गुरुङ प्रतिस्पर्धामा छन्। उनीहरूसहित कुल २३ जना उम्मेदवार चुनावी मैदानमा रहेका छन् ।

इच्छाकामना गाउँपालिका, कालिका नगरपालिका र भरतपुर महानगरपालिका समेटिएको चितवन क्षेत्र नम्बर २ मा मिना खरेलको प्रभाव उल्लेख्य देखिएको छ। उनी बिहानैदेखि विभिन्न मतदान केन्द्रहरूमा पुगेर मतदानको अवस्थाबारे जानकारी लिँदै गरेकी छन्।

Forbes

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु