परम्परालाई निरन्तरता दिँदै भक्तपुरमा होली पर्वको विसर्जन

एटुजेड समाचार

भक्तपुर – यहाँको तचपाल दत्तात्रय अगाडि रहेको भीमसेनको मन्दिरमा झुण्ड्याएर राखिएको काठबाट बनेको लिङ्ग ब्रह्मायणी खोलामा लगेर पखालेपछि य सवर्षको होली पर्व विधिवत् रूपमा विसर्जन गरिएको छ ।

काठको लिङ्गलाई आज (सोमबार) साँझ स्थानीयले बोकेर ब्रह्मायणी पुर्‍याई फागुन शुक्ल अष्टमीको दिनदेखि भक्तपुरमा सुरु भएको फागुअर्थात् होली पर्व आज साँझबाट सम्पन्न भएको हो ।

भक्तपुरको दत्तात्रय मन्दिर अगाडि रहेको प्रसिद्ध भीमसेन मन्दिरको पाटीमा गुञ्जने नेवारी भाषाको गीतसँगै व्यापारका देवताका रूपमा भीमसेनलाई पुज्दै होली मनाइएको हो ।

काठबाट निर्मित लिङ्गलाई फागुन शुक्ल अष्टमीको दिन बिहान दुई जनाले काँधमा बोकेर भक्तपुरको इनाचो, बाचुटोल, जेला, जगाती, बम्हायणी, च्यामासिंह हुँदै, तचपालस्थित दत्तात्रय मन्दिर वरिपरि रहेको घर, पसल पिच्छे दर्शन एवं पूजा गरी साँझ मन्दिरको पाटीमा झुण्ड्याइएको थियो ।

भक्तपुरका संस्कृतिविद् ओम धौभडेल नेवारी परम्पराअनुसार यसलाई चिर स्वायगू भनिने बताउनुहुन्छ । चिरस्वायगू अर्थात् लिङ्ग घुमाएपछि फागु सुरु हुने परम्परा छ ।

Forbes

घुमाएको लिङ्गलाई स्थानीयले ढोग्ने र दान दक्षिणा दिने परम्परा छ । यसो गरेमा व्यापार फस्टाउने विश्वास रही आएको छ ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु