चितवन – चितवन क्षेत्र नम्बर २ की उम्मेदवार मीना खरेलको प्रचारप्रसार अभियान समापन तथा सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ।
आज घरदैलो अभियानसँगै भरतपुर ११ गोर्खाली टोलको मायादेवी चोकमा होलि विशेष सांस्कृतिक कार्यक्रम सम्पन्न भएको हो।
नेपाली कांग्रेस चुनाव प्रचारप्रसार समिति क्षेत्र नम्बर २ चितवनको आयोजनामा भएको कार्यक्रमा चर्चित लोकदोहोरी गायिका राधिका हमालको बेजोड प्रस्तुति रहेको थियो।
सो कार्यक्रममा प्रमुख अतिथि नेपाली कांग्रेसका केन्द्रीय नेता जितनारायण श्रेष्ठ, विशिष्ट अतिथि बागमती प्रदेशका पूर्व स्वास्थ्यमन्त्री उत्तम जोशी, महाधिवेशन समितिका नेतागढ, महासमितिका प्रतिनिधि, वडा अध्यक्ष, क्षेत्रीय सभापति, प्रदेश सभापति लगाएत हजारौंको उपस्थिति रहेको थियो।

उम्मेदवार मिना खरेलले प्रचारप्रसारको अन्तिम दिन घरदैलो अभियानसगै सांस्कृतिक कार्यक्रम आयोजना गरेको भन्दै आयोजकलाई धन्यवाद व्यक्त गरिन् । उनले निर्वाचनका लागि नाम दर्ता गरे लगत्तै निरन्तर मतदाता भेटघाट, घरदैलो अभियान, कोण सभा, सबै कार्यक्रममा निरन्तर लागेको बताइन्।
सो अवधीमा धेरै मतदाताको घरमा पुगेर मतदाताहरुको समस्या, गुनासा र सुझावहरु सकलन गरेको बताईन् ।
उनले आफुसगै निरन्तर खटिएर साथ र सहयोग गर्ने सबैलाई धन्यवाद व्यक्त गरिन् ।
उनले भनिन्, स्वत: स्फुर्त रुपमा पार्टी, संगठन मजबुत बनाउन निकै महत्वपूर्ण भूमिका खेल्नुभएको छ । उम्मेदवारलाई कुनै पनि भार नपारि आफ्नै आर्थिक लगानीमा आफ्नो उम्मेदवारलाई जिताउन लागिपर्नुभयो त्यसका लागि धेरै धेरै धन्यवाद दिन चाहाल्छु ।
कांग्रेस रूपान्तरण भनेको यही नै हो। स्वत :स्फुर्त रुपमा सहयोग गर्नुभयो । त्यसका लागि निर्वाचनको जस्तोसुकै परिणाम आएपनि म गुन तिर्ने छु । उनले भनिन्,
यस्तै उनले निर्वाचन आउन केही दिन मात्रै भएकाले मत हालेत जिताउन सबैलाई अनुरोध गर्दै निर्वाचितपछि जिल्ला, क्षेत्र, प्रदेश, समग्र देशकै लागि इमान्दारपूर्वक काम गर्ने प्रतिबद्धता व्यक्त गरिन्।


