काठमाडौँ – नेपालस्थित जापानी दूतावास र द जापान फाउण्डेसनको आयोजनामा आजदेखि बबरमहलस्थित नेपाल आर्ट काउन्सिल ग्यालरीमा ‘टोकियो अघि र पछि’ शीर्षकमा प्रदर्शनी सुरु भएको छ । आगामी चैत ४ गतेसम्म सञ्चालन हुने प्रदर्शनीमा जापानी संस्कृति र कला प्रस्तुत गरिने जनाइएको छ ।
प्रदर्शनीमा टोकियोको सामाजिक, आर्थिक र आर्किटेक्चर क्षेत्रमा भएको परिवर्तन झल्कने ८० वटा तस्बिर राखिनेछन् । प्रदर्शनीमार्फत आगन्तुकहरूले जापानी फोटोग्राफरहरूको सिर्जना र उनीहरूको विशिष्ट छविहरू अनुभूत गर्ने अवसर पाउने अपेक्षा गरिएको छ ।


