सहकारी पीडितले बुझाए ज्ञापनपत्र : न्याय दिलाउने रेनु दाहालको प्रतिवद्द्ता

एटुजेड समाचार

भरतपुर – चितवन क्षेत्र नम्बर ३ बाट तारा चिन्ह लिएर उम्मेदवार बनेकी रेनुले दाहालले सहकारी पीडितलाई न्याय दिलाउने प्रतिबद्धता जाहेर गरेकी छिन् ।

हिजो आइतबार नेपाली कम्युनिस्ट पार्टी चितवनले भरतपुर ८ गौरीगञ्जमा आयोजना गरेको चुनावी सभामा साहरा सहकारी पीडितको ज्ञापनपत्र बुझ्दै उनले पीडितको पक्षमा आवाज उठाउँदै आएको बताएकी हुन् ।

आफू सहकारी पीडितको भरोसा र विश्वासको पात्र बन्न पुगेको चर्चा गर्दै रेनुले जनताको पक्षमा सधैं डटेर लाग्ने प्रण पनि गरिन् । नेकपाकी उम्मेदवार दाहालले जनताको पक्षमा न्याय दिलाउन एक इन्च पनि पछि नअट्ने प्रतिबद्धता जाहेर गरेकी छिन् ।

देशविदेशमा भएका पीडितले विगतमा पनि रेनु दिदी कहाँ हुनुहुन्छ भनेर गुहार माग्ने गरेको चर्चा गर्दै उनले न्यायको पक्षमा सधैं लड्ने वचनबद्धता समेत जाहेर गरिन् । जनताले जिताएर संसदमा पठाएमा संसदमा गएर सहकारी ठगहरूको विरुद्धमा आवाज बुलन्द गर्ने कुरामा पनि रेनुले जोड दिइन् ।

तपाईँहरूको भरोसा र विश्वासको पात्र बन्न पुगेको बताउँदै रेणुले ज्ञापनपत्र उल्लेख भएका कुरालाई सम्बन्धित ठाउँमा पुगेर सम्बोधन गर्ने विश्वास सहकारी पीडितलाई दिलाईन ।
सभामा साहरा चितवन बहुउद्देश्य सहकारी संस्थाका सहकारी पीडित संयोजक शालिग्राम दुवाडीले ११ बुँदे ज्ञापनपत्र वाचन गरेर रेनु दाहाललाई हस्तान्तरण गरेका थिए ।

Forbes

सो अवसरमा उनले चितवनमा ३० हजार सहकारी पीडितको बचत फिर्ता गर्न सहजीकरण गरिदिन रेनु दाहाललाई आग्रह पनि गरे । सहकारी ठगका सम्पत्ति सार्वजनिक गरी पीडितको बचत फिर्ता गर्न र समस्याग्रस्त सहकारीका बचत फिर्ता गर्न राज्यकोषबाट पहल गर्न पनि उनले आग्रह गरे ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु