रुकुम पश्चिममा कुलमानका उम्मेदवारले जनार्दनलाई गरे समर्थन

एटुजेड समाचार

सुर्खेत – रुकुम पश्चिममा उज्यालो नेपाल पार्टीका उम्मेदवार नरेन्द्र केसीले प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)का उम्मेदवार जनार्दन शर्मालाई समर्थन गरेका छन् ।

शुक्रबार बिहान पत्रकार सम्मेलन गर्दै केसीले शर्मालाई समर्थन गरेको घोषणा गरे ।

रुकुमको विकासको लागि सहकार्य गरेर अघि बढ्ने सहमति अनुसार उम्मेदवारी निष्क्रिय पारेर शर्मालाई सघाउने भएको केसीले बताए ।

यस अघि यहाँ नेकपा एमालेले पनि शर्मालाई समर्थन गरिसकेको छ।

अब यहाँ प्रलोपाका शर्मा, कांग्रेसका राजु केसी, नेकपाका गोपाल शर्मा र रास्वपाका मानबहादुर शाहीबिच चुनावी प्रतिस्पर्धा हुने छ।

Forbes

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु