“जहाँ पुग्छिन्, त्यहीँ अथाहा माया पाउँछिन् — उम्मेदवार मिना खरेल”

एटुजेड समाचार

चितवन – निर्वाचन नजिकिँदै जाँदा उम्मेदवार मिना खरेलको घरदैलो अभियान दिनप्रतिदिन उत्साहजनक बन्दै गएको छ। खरेल प्रत्यक्ष रुपमा मतदाताको घर, गाउँ–टोल, बजार तथा विभिन्न कार्यक्रमहरूमा निरन्तर सक्रिय छन् । घरदैलो अभियानमा खरेल जहाँ पुग्छिन्, त्यहीँ स्थानीय बासिन्दाहरूको अथाहा माया, आत्मीय स्वागत र समर्थन पाउँदै आएकी छन्।

उनले बिगतमा लामो समय समाजमा गरेका काम, समाजलाई पुर्‍याएको योगदानका कारण मतदाताबाट यती धेरै साथ, माया, हौसला, आशिर्वाद पाईराखेकी छन् । खरेल निर्वाचनमा सहभागी भएदेखी नै दिन रात नभनी खटिएर चितवन क्षेत्र न. २ का विभिन्न ठाउँहरुमा मतदाता भेट्न पुगिरहेकी छन् ।

सोही क्रममा आज इच्छाकामना गाउँपालिकाको मुग्लिन बजार, केवलकार बजार, भरतपुर २९ सिमताल, भतेरी लगायतका ठाउँहरुमा पुगेकी थिईन् । सो क्रायक्रममा हजारौको संख्यामा मतदाताहरुको उपस्थिती रहेको थियो ।

उनको अभियानमा महिला, युवा तथा ज्येष्ठ नागरिकहरूको उल्लेखनीय सहभागिता देखिएको छ। स्थानीय बासिन्दाहरू भन्छन्, “उहाँ हाम्रो सुख–दुःखमा साथ दिनुहुन्छ, त्यसैले हामी उहाँलाई साथ दिन तयार छौं।” यही आत्मीय सम्बन्धका कारण धेरैले उनलाई “जनताको उम्मेद्वार”को रूपमा चिन्ने गरेका छन्।

घरदैलो अभियानका क्रममा एक मतदाताले भावुक हुँदै भनिन्, मिना दिदीलाई मैले लामो समयदेखी देख्दै र बुझ्दै आएको छु । उहाँ देवी हो, चितवनको छोरी हो, सबैको आमा हो, उहाँ जस्तो छोरी जोसुकै हुँदैनन् । गरिब दुःखी असहायको सहयोग र संरक्षणका लागि पनि उहाँको जित हुन आवश्यक छ। त्यसैले हामी उहाँलाई सहयोग गर्छौं र बहुमतका साथ जिताउँछौं।

Forbes

खरेलले मतदाताबाट पाएको माया, साथ र समर्थनले आफू भावुक बनेको बताइन्। उनले भनिन्, “मैले कल्पना समेत नगरेका व्यक्तिहरुको उपस्थितले मलाई हौसला मिलेको छ, यही माया, विश्वास र साथले अब हाम्रो जित सुनिश्चित भएको महसुस गरेको छु। तपाईँहरूले राख्नुभएको भरोसालाई कामबाट प्रमाणित गर्ने प्रतिबद्धता व्यक्त गर्दछु।

राजनीतिलाई सेवा र जिम्मेवारीको रूपमा लिँदै आएकी खरेलले विकासका काममा सबै पक्षसँग सहकार्य गर्ने बताएकी छन्। “म पदका लागि होइन, परिवर्तनका लागि उठेकी हुँ,” उनले भनिन्। निर्वाचनको मिति नजिकिँदै गर्दा उनको अभियान तीव्र बन्दै गएको छ भने उनको अभियानमा उत्साह थपिएको छ ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु