रत्ननगर – रत्ननगर–४ स्थित बुद्ध ज्योति इङ्लिस स्कुलले एकदिने निःशुल्क स्वास्थ्य जाँच शिविर आयोजना गर्ने भएको छ। सो विद्यालयको आयोजनामा सञ्चालन हुने उक्त शिविर यहि फागुन १४ गते विद्यालयको आफ्नै प्रांगणमा संचालन हुनेछ।
सो शिविरमा पाइल्स, फिसर, फिस्टुला तथा गुप्तरोगसम्बन्धी विभिन्न समस्याहरूको विशेषज्ञद्वारा निःशुल्क जाँच गरिनेछ।
स्थानीय सर्वसाधारणलाई लक्षित गरी आयोजना गरिएको यस शिविरले स्वास्थ्य सचेतना अभिवृद्धि गर्नुका साथै प्रारम्भिक अवस्थामै रोग पहिचानमा सहयोग पुग्ने अपेक्षा गरिएको विद्यालयका प्राचार्य बैकुण्ठ मरहठ्ठाले जानकारी दिए।
एन्जल फाउन्डेशन, उर्लाबारी (मोरङ)को प्राविधिक सहयोगमा हुने सो शिविरमा शिविरमा सहभागी भई आफ्नो स्वास्थ्य परीक्षण गराउन इच्छुक सबैमा अनुरोध गरिएको छ।
यस प्रकारका कार्यक्रमहरूले समुदायस्तरमा स्वास्थ्य सेवा पहुँच विस्तार गर्नुका साथै नागरिकलाई सचेत बनाउने महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।


