चितवन – नेपाल पत्रकार महासंघ चितवनका अध्यक्ष बसन्त पराजुलीद्धारा लिखित उपन्यास बखान माथि शुक्रवार भरतपुरको आँपटारीमा समीक्षा कार्यक्रम सम्पन्न भएको छ ।
विशेषत विद्यार्थिहरुलाई लक्षित गरि आयोजना गरिएको सो कार्यक्रमका वक्ताहरुले बखान उपन्यास इतिहाँसको साक्षि भएको बताए ।
नेपाली लेखक संघ चितवनले आयोजना गरेको पाठक संग लेखक कार्यक्रममा बोल्ने बक्ताहरुले उपन्यासले चितवनको पुरानो समाज प्रस्तुत गरेको कुरामा जोडदिए ।
स्मल हेभन स्कूलका विद्यार्थी असिम शिलवालले कृति माथि समीक्षा गर्दै उपन्यासले सहकारी अभियान्ता एवं समाज सुधारक बखानसिह गुरुङको जिवनी उपन्यासमा पढ्न पाईएको बताउनुभयो ।
” चितवनको इतिहाँस झल्काउन यो पुस्तक सफल भएको छ” , उनले भने ।
कार्यक्रममा बोल्दै विद्यार्थी बिनिसा दवाडीले बखान पुस्तक बखान सिंह गुरुङ्को जीवनी मात्रै नभएर चितवनको वस्ति बिकासको रुपरेखा देखाउने दस्तावेज भएको बताईन् ।
“उपन्यासले चितवनको ईतिहास बोल्छ । समाज बोल्छ”,उनले भनिन ।साहित्यकार सुरेन्द्र अस्तफलले चितवनको बस्ति बिकास देखि सहकारी यात्राको बिषयमा यस पुस्तकले समेटेको बताए । उनले भने “यस पुस्तकले चितवनको इतिहाँस समेटेको छ ।” चितवनमा बस्ति बिकास संगै नेपालमा बि. सं. २००७ साल देखि बि. सं. २०४० साल सम्मका आन्दोलन र भएका उपलव्धिका बिषयलाई समेर्टीको उनले जनाए ।
सो अबसरमा पत्रकार सरिता पौडेलले चितवनका लागि यो कृति एतिहाँसिक कृति भएको बताईन् ।
सो अबसरमा स्मल हेभन स्कूलका प्रध्यानाध्यापक बिमल क्षेत्रीले पुस्तकलाई स्थानीय पाठ्यक्रममा समावेश गरेर चितवनको बारेमा बिद्यार्थी वर्गमा समेत ज्ञान दिन आबश्यक रहेको बताए ।
नेपाली लेखक संघकी अध्यक्ष शान्ति शर्माले चितवनको बारेमा गरिएको अध्ययनका कारण यो उपन्यास सार्थक भएको बताईन् । यस पुस्तकले साधारण बिषयबस्तुलाई समेत गहन तवरले व्याख्य गरिएको उनले बताईन ।कार्यक्रममा लेखक पराजुलीलले यो पुस्तक चितवनको इतिहाँस भएको बताए ।
उनले कक्षा १० देखि कक्षा १२ सम्म नेपाली र अग्रेजी विषयमा परिक्षामा समेत कृति समीक्षा आउने हुदा विद्यार्थीहरुलाई यसमा यस्ता कर्यक्रमले सहज हुने बताए ।


