रास्वपाका दुई नेता पार्टी परित्याग गरि प्रचण्डको पार्टीमा प्रवेश

एटुजेड समाचार

काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टीका सदस्य उमेश रानाले पार्टी परित्याग गरेका छन् । आज (बिहीबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै रानाले आफूले रास्वपा परित्याग गरेर प्रचण्डले नेतृत्व गरेको नेपाली कम्युनिष्ट पार्टी रोजेको जानकारी दिए ।

उनले ०७९ सालदेखि आफूले रास्वपाको लक्ष्य र उद्देश्य मन पराएर साधारण सदस्य लिएको भएपनि कर्णालीको विकासमा रास्वपाका नेताहरुले हेर्ने दृष्टिकोण र गरेको बेवास्ताको कारण स्वेच्छाले पार्टी परित्याग गरेको स्पष्ट पारे ।

उनले सल्यान विकासमा पछि पर्नुको कारण नारामात्रै लगाउने काम भएकोले भन्दै अब सबैले हातेमालो गर्दै सल्यानको विकासमा योगदान दिनुपर्ने मत राखे ।

उनले नेपालमा प्रचण्डले नेतृत्व गरेको १० वर्षे जनयुद्धको कारण नै परिवर्तन आएको कुरा सगौरव सुनाए र आफूजस्ताले आज खुलेर बोल्न पाएको पनि भने । अब एक–अर्काप्रति आलोचना गरेर नभई सहकार्य गरेर सल्यानको विकासमा टेवा पुर्याउने बेला आएको स्मरण गराए ।

त्यसैगरी चुनाबी टिकट हराएपछि विरक्तिएका रास्वपा हुम्लाका नेता महिन्द्र पाण्डे विप्लवको पार्टीमा प्रवेश गरेका छन् ।

Forbes

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु