भरतपुर – भरतपुर १०, मालपोत चोकमा दुइवटा पल्सर बाइक ठोक्किदा बाइक चालक दुबैजना गम्भीर घाइते भएका छन् ।
आपटारी तिरबाट आउदै गरेको ना ५४ प ४८४७ नम्बरको टि ट्वान्टी पल्सर बाइक र अस्पताल रोडबाट वाइपासरोड क्रस गर्ने क्रममा मालपोत चोकमा मधेश प्रदेश ०३-०२८ प ४१५४ नम्बरको NS 125 पल्सर बाइक एक-आपसमा ठोकिदा दुईटै बाइकका दुबै जना चालक गम्भीर घाइते भएका हुन् ।
दुई चालक मध्य एकको कम्मर र अर्कोको खुट्टामा गम्भीर चोट लागेको छ ।
दुई जना बाटोमा लाडिरहेको अवस्थामा स्थानीय प्रत्यक्षदर्शी र प्रहरीहरुले उद्दार गरि उपचारका लागि अस्पताल पठाएका छन् । हाल दुबै मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ ।


