जेनजी आन्दोलनपछि निरन्तर सेवा दिँदै जिल्ला प्रशासन कार्यालय चितवन

चितवन – जिल्ला प्रशासन कार्यालय चितवनले जेनजी आन्दोलनपछि निरन्तर सेवा दिँदै आएको छ । जस्तोसुकै परिस्थिति आएपनि सेवाग्राहीको मर्म र भावनाअनुसार निरन्तर काम गरिरहेको कार्यालय जनाएको छ ।

भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा प्रशासन कार्यालयमा कागजपत्र, कम्पुटर लगाएतका सामाग्रीहरु जलेर ध्वस्त भएका थिए । विभिन्न समस्याका बाबजुत पनि आन्दोलनको एक हप्ताबाटै काम शुरु गरिहालेको जिल्ला प्रशासन कार्यालय चितवनका सुचना अधिकारी मदन लामा थिङ्गले बताए ।

उनले भने, आन्दोलनपछी केही इकुमेन्ट र साधनहरु कम भएकाले राष्ट्रिय परिचयपत्र र पासपोर्टमा केही ढिलासुस्ती भएका छन्, तर पनि यसलाई मध्यनजर गरेर नागरिकको कामलाई रोकेका छईनौं । अझै सहज र सरल तरिकाले छिट्टै सेवा दिने उनले बताए ।

यस्तै जिल्ला प्रशासन कार्यालय चितवनका प्रमुख गणेश अर्यालले नागरिकको सेवालाई विगतमा जस्तै निरन्तरता दिदै काम गरिरहेको बताए । उनले भने, सेवाग्राहीलाई प्रशासनले दिने भनेकै समस्या लिएर आउनेलाई त्यसको समाधान दिलाउने हो । त्यसरी नै हामीले काम गरेका छौं ।

केही टेक्निकल त्रुटी छन् त्यसलाई समाधान गर्नका लागि सम्बन्धित निकायहरुसँग कुराकानी गरिरहेका छौं । नागरिका बाँकी गुनासाहरुलाई हामीले छिट्टै सम्बोधन गर्छौं ।

Forbes

प्रशासनले निरन्तर सेवा दिँदै आए पनि केही ग्राहकको गुनासो पनि रहेका छन् । चितवनको खैरहनीबाट आएका नारायण सापकोटाले सेवाग्राहीलाई लामो लाइन, एउटै कामका लागि बारम्बार धाउनुपर्ने समस्याहरु रहेको बताए । एकै ठाउँबाट हुनुपर्ने कामलाई बढी समय दिए जस्तो लाग्छ यसलाई प्रशासनले अल्ली ध्यान दिन जरुरी रहेको उनले बताए ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु