भरतपुर अस्पतालका निवर्तमान अध्यक्ष पौडेलद्वारा बिपन्न नागरिक कोषलाई आर्थिक सहयोग

चितवन – भरतपुर अस्पतालका निवर्तमान अध्यक्ष राजु पौडेलले गरीब तथा बिपन्न नागरिक उपचार कोषलाई आर्थिक सहयोग गर्नुभएको छ । पौडेलले आफ्नो कार्यकालको अवधिमा बैठकबाट प्राप्त हुने भत्ता, बर्ड डे, र बैबाहिक बर्षगाठको रकम छुट्याएर अस्पातलको उक्त कोषमा जम्मा भएको रकम हस्तान्तरण गर्नुभएको हो ।

उहाँका अनुसार ३ बर्षको अवधिमा ३० वटा मिटिङ्गबाट प्राप्त भएको ५१ हजार, बर्ड डे, र बैबाहिक बर्षगाठको अवसरमा ६ हजार गरी ५७ हजार कोषमा जम्मा गरी उक्त रकम औपचारिक रुपमा हस्तान्तरण गरेको बताउनुभयो ।

भरतपुर अस्पतालमा चितवन लगाएत विभिन्न ठाउँका मानिसहरु उपचारका लागि आउने गर्दछन्, जसमा गरीब दुखी बिपन्न बर्गका मानिसहरुलाई उक्त बिपन्न कोषले उपचारमा सहज होस् भनी स्थापना गरेको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, अस्पतालमा गरीब, बिपन्नको उपचारका लागि छुट्टै सामाजिक सुरक्षा कोष छ, तर पनि अर्थ, हाडजोर्नी, लिगामेन्ट भाचिएका यस्ता व्यक्तिहरुको लागि पाता, धागोहरु आँफै किन्नु पर्छ । कोही बिरामीले त त्यही पनि किन्न नसक्ने आउनुहुन्छ त्यसैले म लगाएत अभियान नै सुरु गरेर बिपन्न कोषमा रकम जम्मा गर्ने गरेका छौं ।

सोही व्यक्तीहरुलाई मध्यनजर गर्दै आफ्नो कार्यकालमा विभिन्न कामहरु गर्दै आएको बताउदै आगामी दिनहरुमा पनि आफुले सक्दो सहयोग गर्दै जाने उहाँले बताउनुभयो ।

Forbes

उहाँले भन्नुभयो ३ बर्षको कार्यकालमा महिनामा कम्तिमा १ वटा मिटिङ अर्थात ३ बर्षमा १८ वटा मिटिङ बस्नुपर्ने थियो तर अस्पतालको व्यवस्थापन, अस्पतालको कामहरुलाई निरन्तरता दिनका लागि हामीले झण्डै डबल बैठक बसेर काम गर्यौं ।

पौडेलले आफ्नो कार्यकालमा अस्पतालमा एमआरआई खरिद प्रक्रियादेखि क्याथल्याब जस्ता महत्वपूर्ण काम, मन्त्रिपरिषद्बाट भरतपुर अस्पताललाई राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठान (नेम्स) को आंगिक कलेज घोषणा गर्न सफल हुनुभएको थियो ।

यस्तै बिएस्सी नर्सिङ र बिएनएस सञ्चालनको स्वीकृती प्राप्त भई भर्ना प्रारम्भ, विभिन्न विभाग, वार्ड, शाखा, इकाईहरुसँग आवश्यक मेशिनरी उपकरण, जनशक्ति र सेवाको सुधारको लागि प्लानिङ वर्कसप सञ्चालन, अस्पतालमा सुन्दरताका काम, अस्पतालका गुनासाहरु सम्बोधन, सार्वजनिक सुनुवाईका कार्यक्रम, बिरामीको सहजतालाई ध्यानमा राख्दै बिलिङ, बीमा, प्रयोगशाला, एक्सरे, २४ सै घण्टा औषधि उपलब्ध हुने व्यवस्था, ईनडोर फार्मेसी सञ्चालन, वृद्ध वृद्धाको लागि छुट्टै औषधि वितरण कक्ष सञ्चालन लागाएतका थुप्रै कामहरु गर्नुभएको छ ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु