माडी – माडीमा कवि नेत्रप्रसाद पाठक सम्मानित हुनुभएको छ ।
माडी स्थित खैरहनी माध्यमिक विद्यालयको ५७औँ वार्षिकोत्सब तथा अभिभावक दिवसको अवसरमा कवि नेत्रप्रसाद पाठक सम्मानित हुनुभएको हो ।
पाठकले पञ्चायतकालमा सार्वजनिक जग्गा व्यक्तिगत नाममा जान नदिइ संरक्षण गर्न महत्त्वपूर्ण भुमिका खेलेका थिए ।
सत्यको पक्षमा उभिएर सार्वजनिक जग्गा संरक्षण गर्न महत्वपूर्ण भूमिका खेलेको योगदानको कदर गर्दै विद्यालयले उहाँलाई सम्मान गरेको हो ।
संरक्षित जग्गाको मुल्य हाल करोडौँ पर्छ भने उक्त जग्गा खैरहनी माविले कृषि भूमिका रूपमा प्रयोग गर्दै आएको छ ।


