भरतपुर अस्पतालको शव गृहमा ११ वटा व्यवहारिसे शव, कसरी गरिन्छ पहिचान ?

चितवन – सामान्य मृत्युबाहेक शङ्कास्पद रूपमा भेटिएका शवलाई पोस्टमार्टमका लागि सरकारी अस्पतालहरूमा लैजाने गरिन्छ। पोस्टमार्टमका लागि लगिएका कतिपय शवहरु व्यवहारिसे पनि हुने गर्दछन् । भरतपुरको सरकारी अस्पतालको शव गृहमा अहिले ११ वटा व्यवहारिसे शव छन् ।

व्यवहारिसे शवहरु नदिले बगाएका, खोलानालाका किनारमा भेटिएका, सडकबाट उद्दार गरिएका, मानवसेवा आश्रममा ल्याईएका, विभिन्न देशबाट मजदुरहरु कामको खोजीमा आएका, मागी खाने, आफन्त बिहिन बनेका व्यक्तिहरुको शव व्यवहारिसे हुने गरेको जिल्ला प्रहरी कार्यलय चितवनका प्रमुख गोबिन्द पुरीले बताए ।

कुनै पनि परिवारको सदस्य वा आफ्नो मान्छे हरायो, सम्पर्कमा आएको छैन भने हराएको व्यक्तिको आफन्तले कतीपय अवस्थामा खोजी गर्न नआउने, खोज्दै आए भने पनि केही समय खोजी गर्ने र पछी खोज्न नआउने हुँदा व्यवहारिसे शवको परिचय खुल्न समस्या हुने गरेको उनले बताए । प्रहरीले व्यवहारिसे शवको हदसम्म पहिचान गर्ने प्रयास गरेको बताए  बताए  ।

व्यवहारिसे शवको उस्को हुलिया, उस्ले लगाएका कपडा, शरीरको बनावटको आधारमा प्रहरीले मुचुल्का उठाएपछी पोस्टमार्टमका लागि सरकारी अस्पताल पठाउने गर्दछ । यस्तै प्रहरिको वेबसाइड र जिल्ला प्रहरी कार्यालयको सबै ठाउँहरुमा व्यवहारिसे व्यक्तिको हुलिया, परिपत्र राखिने उनले बताए ।

यदी उसको मुचुल्का उठाउदा कुनै पहिचान खुल्न सकेन भने पोस्टमार्टमका क्रममा उसको कोठी, ट्याटो, घटनाको प्रकृती, घाऊ, चोटका आधारमा पहिचान गरिन्छ । यदी यसो गर्दा पनि पहिचान खुल्न सकेन भने डिएनए परिक्षण गरिने भरतपुर अस्पतालको फरेन्सिक मेडिसिन विभागका प्रमुख कसिप श्रेष्ठले बताए । श्रेष्ठ विगत चार वर्षदेखि सरकारी अस्पतालको फरेन्सिक विभागमा कार्यरत छन् ।

Forbes

उक्त शवको रिपोर्ट, डकुमेन्ट अस्पतालले प्रहरीलाई दिने गरेको उनले बताए । कतीपय अवस्थामा मृतकका आफन्तले नै आफ्नो मान्छेको सोधी, खोजी गर्न नआउँदा व्यवहारिसे शव पोस्टमार्टम पश्चात झनै व्यवहारिसे हुने गरेको श्रेष्ठले बताए ।

बेवारिसे शवलाई सामान्यतया एक प्रकारको प्रक्रिया पुर्‍याएर अन्तिम संस्कार गरिन्छ । बेवारिसे अवस्थामा भेटिएको शवको पहिचानका लागि निश्चित समय राखिएको हुन्छ । त्यो निश्चित समयमा पनि कसैले सम्पर्क गरेनन् भने ती शवहरूको अन्त्येष्टि गरिन्छ ।

सामान्यतया बेवारिसे अवस्थामा भेटिएका शवहरूको पोस्टमार्टम फेला परेको दिनदेखि दुइ हप्तामा गरिन्छ भने भने ३५ दिन कटेपछि त्यसको अन्त्येष्टि गर्न मिल्छ । अस्पताल प्रशासन, वकिल कार्यालय, प्रहरी र स्थानीय तहको छलफल पछि अन्तष्टि गर्ने गरेको श्रेष्ठले बताए ।

भरतपुर अस्पतालमा चालु आर्थिक बर्षमा १८ वटा बेवारिसे शव आएका थिए । जसमा हाल भने ११ वटा शवको पहिचान हुन सकेको छैन । अस्पतालमा अघिल्ला आर्थिक वर्षमा ५५ वटा बेवारिसे शव आएका थिए। जसमध्ये १२ वटाको पहिचान खुलेको थियो भने अन्य ४३ वटा शवको हाल सम्म पहिचान हुन सकेको छैन ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु