तीन दिन चलेको प्रतियोगितामा स्मल हेभनले ५ स्वर्णसहित १० पदक जितेको छ । उसले ५ स्वर्णसहित २ रजत र ३ कास्य जितेको हो । यस्तै ९ पदक जितेको लिटल फ्लावर स्कुल नारायणगढ दोस्रो भएको छ । लिटल फ्लावारले ४ स्वर्ण, २ रजत र ३ कास्य पदक हात पारेको छ ।
प्रतियोगितामा वाल्मीकि शिक्षा सदन भरतपुर तेस्रो भएको छ । वाल्मीकिले ३ स्वर्ण, २ रजत र एक कास्य पदक हात पारेको हो । आयोजक स्मल हेभनका उपास गुरुङ पुरुषतर्फ उत्कृष्ट खेलाडी घोषित भएका छन् भने महिलातर्फ लिटल फ्लावरकी खेलाडी उत्कृष्ट घोषित भएकी छन् ।
उता शिक्षा बिकास ईंग्लिस स्कुल रत्ननगरले अनुशासित स्कुलको पुरस्कार जितेको छ भने सनराईज ईंग्लिस स्कुलले उत्कृष्ट मार्स पास्टको पदक जितेको छ । यस्तै अनुशासित ब्याण्ड बाजाको पुरस्कार लिटर फ्लावरले पाएको छ । उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथि भरतपुर महानगरपालिकाका शैक्षिक प्रशासन महाशाखा प्रमुख सुवासचन्द्र आचार्य, आयोजक स्मल हेभनका प्राचार्य रामचन्द्र न्यौपानेलगायतले पुरस्कार वितरण गरेका थिए ।
स्मल हेभनको आयोजकमा तीन दिनसम्म सञ्चालित एथ्लेटिक्समा चितवनका ३६ विद्यालयबाट विद्यार्थीहरु सहभागी थिए । उनीहरुले विभिन्न विधामा प्रतिस्पर्धा गरेका थिए । स्मल हेभनले हरेक दुई वर्षमा एथ्लेटिक्स मिट आयोजना गर्दै आएको छ । २० वर्षदेखि आयोजना हुँदै आएको एथ्लेटिक्स मिट जिल्लाकै नमूना खेलकुद कार्यक्रमको रुपमा परिचित रहेको छ ।


