चितवन- रत्ननगर १२, शान्ती गुञ्ज टोल स्थित किसान दाना उधोगको पर्खाल भत्किदा उधोगमा कार्यरत ३ कामदारको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् ।
घाइते ५ जना मध्ये तीन जनाको उपचारको क्रममा मृत्यु भएको हो भने २ जनाको उपचार भैरहेको उपचारमा संलग्न उधोगका म्यानेजर विष्णुहरी तिमल्सिनाले बताए ।
मृत्यु हुनेमा चितवन खैरहनी न.पा.२ बस्ने वर्ष अ. ४५ को शुकराम दराई,गोरखा घर भई हाल रत्ननगर न.पा.१२ बस्ने बर्ष ५४ का रेशम दमाई,चितवन रत्ननगर न.पा.१२ बस्ने अं. वर्ष ४५ को कमल गुरुङ रहेका छन् ।
त्यस्तै घाइतेहरुमा पर्सा जिल्ला घर भई हाल रत्ननगर न.पा.१२ बस्ने ३९ वर्षका जितेन्द्र महतो र पर्सा जिल्ला घर भई हाल रत्ननगर न.पा.१२ बस्ने अ. वर्ष ४० अंकज प्रसाद थारू रहेको पञ्चकन्या प्रहरी चौकी रत्ननगरले जानकारी दिए ।
उक्त घटना आज बिहान मिति ०९:५० बजेको समयमा भएको हो ।


