विशालचोक-कुमारीचोक बजार व्यवस्थापन समिति गठन, अध्यक्षमा खगेश्वर लामिछाने चयन

एटुजेड समाचार

चितवन – भरतपुर महानगरपालिका वडा नम्बर ११ स्थित विशालचोक -कुमारीचोक बजार व्यवस्थापन समिति गठन भएको छ । आज (मंगलबार) एक कार्यक्रमको आयोजना गरी विशालचोक -कुमारीचोक बजार व्यवस्थापन समिति गठन गरिएको हो ।

जसको अध्यक्षमा खगेश्वर लामिछाने (गणेश) लाई चयन गरिएको छ । यस्तै उपाध्यक्षमा राधिका पराजुली, सचिवमा सुमन श्रेष्ठ, सहसचिवमा नुर प्रसाद खनाल, कोषाध्यक्षमा कमल रेग्मी रहेका छन् ।

यस्तै सदस्यमा सविता पौडेल, निमाकान्त पाण्डे, लक्ष्मी पौडेल, प्रेमबहादुर मगर, कृष्ण ढकाल र  श्याम प्रसाद भट्ट रहेका छन् ।

No description available.

समिती गठनपछि विशालचोक -कुमारीचोक बजार व्यवस्थापन तथर्त ६ महिनाभित्र विधान निर्माण लगायतका सम्पूर्ण आवश्यक कार्यहरु सम्पन्न गर्नुपर्ने निर्णय भएको कार्यक्रम संयोजन एवम् शान्ति टोल विकास समितिका अध्यक्ष सोनु श्रेष्ठले बताए ।

शान्ति टोलका अध्यक्ष सोनु श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको सो कार्यक्रममा प्रमुख अतिथि वडा नम्बर ११ का अध्यक्ष कमलबहादुर मल्ल रहेका थिए ।

Forbes

यस्तै अतिथिमा जनदय टोल विकास समितिका अध्यक्ष बिष्णु बगाले, समन्वय विकास समितिका अध्यक्ष लिलानाथ पुडासैनी, दीपज्योति टोल विकास समितिका अध्यक्ष एकनारायण पौडेल, सल्लेरी टोल विकास समितिका अध्यक्ष उद्धव श्रेष्ठ लगाएतको उपस्थिति रहेको थियो।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु