काठमाडौं – जेनजी आन्दोलनका अगुवाहरूले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकविरुद्ध किटानी जाहेरी लिएर प्रहरीसमक्ष पुगेका छन्।
सुदन गुरूङसहितका जेनजी प्रतिनिधिहरू सोमबार दिउँसो काठमाडौं जिल्ला प्रहरी परिसरमा जाहेरी दर्ता गर्न पुगेका थिए।
तर, प्रहरीले उक्त जाहेरी दर्ता गर्न अस्वीकार गरेको छ। प्रहरी स्रोतका अनुसार २३ र २४ भदौका घटनाबारे न्यायिक छानबिन समिति गठन भइसकेकाले सो समिति काम गरिरहँदा जाहेरी लिन नमिल्ने प्रतिक्रिया दिइएको हो।
त्यसपछि ‘सडकबाटै देखाइदिन्छौ’ भन्दै गुरुङ फर्किएको स्रोतले बतायो ।


