चितवन – नारायणगढस्थित बालकुमारी कलेजका प्रिन्सिपल जगदिश्वर खनालको ५९ वर्षको उमेरमा क्यान्सरका कारण निधन भएको छ।
उनको भरतपुरस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपचार भइरहेको थियो।
खनाल चितवनका विभिन्न सामाजिक संघसंस्थामा सक्रिय रहेका थिए ।उनको अन्त्येष्टि भोली बिहान गरिने पारिवारिक सदस्यले जानकारी दिएका छन् ।


