चितवन – नेपालीहरुको महान पर्व बडा दसैँ नजिकिएसंगै नारायणगढ बजारमा चहलपहल बढेको छ । दशैंको मुखैमा आइपुग्दा बजारमा राम्रै भिडभाड देखिन्छ ।
दशैंको समयमा बिशेष गरी कपडा पसल, जुत्ताचप्पल, खाद्यान्न, भाँडाकुँडा, सुनचाँदी लगायतका पसलहरुमा बढी भिड देख्न सकिन्छ ।
मिलनरोड, शहिद चोक, कमलनगर, पुतलीबजार, लायन्सचोक लगायतका स्थानहरुमा सर्वसाधारणको भिडभाड बढेको छ । प्राय : मानिसहरुले दशै गाउँघरमा मनाउने गर्दछन् । गाउँघर जानका लागि पनि सर्वसाधणहरु दसैं सुरु हुन भन्दा अघी नै किनमेल गर्छन् । त्यसैले दसैँ नजिकिदै गर्दा बजारमा अझ बढी चहलपहल हुने गर्छ ।

नारायणगढ बजारमा दिउसोको समय भन्दा साझ र बिहानको समयमा बढी भिडभाड हुने गरेको व्यवसायी बताउँछन् ।
नारायणगढ बजारमा घटस्ठापना पछी भिडभाड र चलहपहल बढेको फेन्सी व्यवसायी सघ चितवनका अध्यक्ष राम प्रशाद पौडेल बताउछन् । उनले भने, दसैँ नजिकिएसंगै बजारमा निकै भिड बढेको छ ।
दशैंको समयमा बजारमा चहलपहल त हुने नै भयो । तर पछील्लो समय देशमा भएको राजनिती घटनाक्रम र आन्दोलका कारण चहलपहल अनुसार व्यापार भने नभएको उनको भनाई छ ।
त्यसै माथि बजारमा फुटपाथ व्यवसायीले सटर भाडा तिरेर बसेका व्यवसायिको अगाडि व्यापार गरिदिदा अन्य व्यवसायीहरु मर्का परेको उनले बताए । भरतपुर महानगरपालिका नगर प्रहरिले फुटपाथ व्यवसायिलाई व्यवस्थापनमा चासो नराखेको उनको गुनासो छ ।



