चितवन – इक्यान चितवनले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । शैक्षिक परामर्श संघ नेपाल (ECAN) को २९ औं स्थापना दिवसको अवसर पारेर इक्यान चितवनले नारायणगढक लायन्सचोक स्थित होटल रेडकार्पेट परिसरमा रक्तदान कार्यक्रम गरेको हो ।
कार्यक्रममा ६५ जनाले रक्तदान गरेका छन् , जसमा ५४ जना पुरुष र ११ जना महिला रहेका थिए ।
ईक्यान चितवनका अध्यक्ष दीपकचन्द्र भट्टराईको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमका प्रमुख अतिथि भरतपुर महानगरपालिका – १ का वडा अध्यक्ष केशव महर्जन रहेका थिए।
कार्यक्रममा यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष राम प्रसाद सुवेदी, ईक्यानका केन्द्रीय सदस्य मञ्जित ढकाल, तथा अष्ट्रेलियाको सिड्नी सिटी कलेजका प्रमुख श्री रञ्जु थापा बिशिस्ट अतिथि रहेका थिए ।
इक्यान चितवनका कार्यसमिती सदस्य डा. टक प्रसाद ओझाको संयोजनमा भएको उक्त कार्यक्रम सचिव सुजन थापा क्षेत्रीले संचालन गरेका थिए भने उपाध्यक्ष प्रज्वल पौडेलले स्वगत मन्तव्य राखेका थिए ।



