चितवन – निप्पोन एजुकेसनल सेन्टरले आफ्नो १५ औं वार्षिकोत्सव समारोह भव्य रुपमा सम्पन्न गरेको छ। नारायणगढको सहिदचोकमा रहेको निप्पोनले आफ्नै कार्यालयमा विद्यार्थी, अभिभावक एवम् शुभचिन्तकहरुसङ्गै केक काटी बार्षिकोत्सव मनाएको हो।
कार्यक्रम गमलामा पानी हालेर औपचारिक शुभारम्भ गरिएको थियो । वार्षिकोत्सवको अवसरमा निप्पोन एजुकेसनल सेन्टरको विगत १५ वर्षको यात्रा, सफलता, चुनौती तथा आगामी योजना प्रस्तुत गरिएको थियो।
कार्यक्रम संस्थाका सभापति तथा CEO दिपक चन्द्र भट्टराईको अध्यक्षतामा सम्पन्न भएको थियो । उनले निप्पोन एजुकेसनल सेन्टर उच्च शिक्षाको लागि जापान जान चाहने विद्यार्थीहरुको भरपर्दो मार्गदर्शक बनिरहेको बताए |
विद्यार्थी तथा अभिभाबक हरुको विश्वास जित्दै आजदेखि १५ वर्ष पुरा गरि १६ बर्षमा प्रवेश गर्दै गर्दा गौरंभान्बित महसुस भएको बताए।
उनले भने, स्थापना कालदेखि नै गुणस्तरीय सेवा र स्तरीय शिक्षामा जोड दिदै आइरहेको यस सस्थाले अहिले सम्म उच्च शिक्षा का लागि जापान जान चाहने हजारौं विद्यार्थीहरुको सपना साकार पारिसकेको छ ।
यस सस्थाले बिधार्थिहरुको रुची, चाहना, योग्यता र शैक्षिक अवस्थालाइ मध्यनजर गर्दै सोहि अनुरुप प्राथमिकताको आधारमा परामर्श दिदै आइरहेको छ ।
संस्थाले विगत १५ वर्षमा पाएको विश्वास र सफलता विद्यार्थी, अभिभावक, शिक्षक, स्टाफ र शुभेच्छुकबाट पाएको उल्लेख गर्दै भविष्यमा अझ गुणस्तरीय शिक्षा र सेवामार्फत समाज र देशको हितमा योगदान गर्ने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रम जापानिज रोटरी कल्बका अध्यक्ष देवराज अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । उनले संस्थाको योगदानको प्रशंसा गर्दै निरन्तर प्रगतिका लागि शुभकामना व्यक्त गरे ।
संस्थाका निर्देशक आविस्कार रिजालले सन्चालन गरेको कार्यक्रममा म्यानेजिङ डाईरेक्टर रुकमणी काफ्लेले स्वागत मन्तव्य राख्दै संस्थाको आगामी योजनाबारे प्रकाश पारेकी थिईन् ।
यस्तै कार्यक्रममा NIPPON QUIZ CONTEST-2082, 1ST JLCT Japanese Language Speech Contest, उत्कृष्ट विद्यार्थी र कर्मचारीहरुलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा बिशिस्ट अतिथी इक्यान चितवनका उपाध्यक्ष प्रज्वल पौडेल त्यस्तै अतिथीहरुमा इक्यान चितवनका सदस्य सरोज कोइराला, मेघराज कंडेल सल्लाहकार भोज बहादुर खड्का, अक्स्फोर्ड एकेडेमिया संचालक शिशिर रेग्मी, जेन इन्टरनेशनलका संचालक सन्तोष खनाल, एटुजेड समाचार डटकमका अध्यक्ष किशोर चन्द्र सापकोटा, निप्पोनका प्रबन्धक निर्देशक रुकमणि काफ्ले, सदस्य सबनम चौधरी लगाएत विद्यार्थी, अभिभावक एवम् शुभचिन्तकहरुको उपस्थिति रहेको थियो ।
निप्पोन एजुकेसनल सेन्टरले आफ्नो स्थापना कालदेखि नै जापानी भाषा शिक्षा र सांस्कृतिक आदानप्रदानलाई प्रोत्साहन गर्दै आएको छ। विगत १५ वर्षमा हजारौं विद्यार्थीलाई जापानमा अध्ययन तथा भविष्य निर्माणतर्फ अघि बढ्न सफल बनाएको यस संस्थाले “गुणस्तरीय शिक्षा, अनुशासन र संस्कार” लाई आफ्नो मूल ध्येय बनाउँदै आगामी दिनमा अझ प्रभावकारी योगदान गर्ने लक्ष्य राखेको छ।


