चितवनमा ९८ प्रतिशत धान रोपाई सकियो

चितवन – चितवनमा हालसम्म ९८ प्रतिशत धान रोपाई सकिएको छ । जिल्लाको सात स्थानीय तहमध्य राप्ती नगरपालिका, खैरहनी नगरपालिका, रत्ननगर नगरपालिका, माडी नगरपालिका र इच्छाकामना गाउँपालिकामा सतप्रतिशत रोपाइँ सकिसकेको छ ।

कृषि विकास कार्यलय चितवनका अनुसार भरतपुर महानगरपालिकाको पश्चिमी भेग र कालिका नगरपालिकाको उत्तरी भेगमा छिटपुट रुपमा धान रोप्न बाँकी रहेको छ ।

भरतपुरकोे अन्य स्थानमा रोपाइँ सकिए पनि  दुई स्थानिय तहका केही स्थानमा सिचाईको राम्रो सुविधा नभएको र आकासे पानीको भर पर्नुपर्ने भएकाले रोपाइँमा ढिलाइ भएको कृषि विकास कार्यलय चितवनका प्रमुख झलकनाथ कंडेलले बताए ।

पूर्वी चितवनमा चैते धानपछि लगत्तै बर्खे धान लगाएर रोपाइँ शुरुआत गरिन्छ । धानपछि तरकारी लगाउने भएकाले चाँडै धान लगाउने चलन रहेको उनले जानकारी दिए ।

चितवनमा सबै स्थानमा धान खेती हुने भए पनि पुर्वी चितवन, पश्चिम चितवन र माडीलाई पकेट एरियाको रुपमा लिईने गरिन्छ । सिचाईको राम्रो सुबिधा भएको हुँदा चैते धान पुर्वी चितवनमा बढी लगाइन्छ भने पश्चिम चितवनमा बर्खे धान धेरै लगाइन्छ ।

Forbes

चितवनमा चैते ५, साबित्री, वार, बहुगुणी २, हर्दिनाथ १, हर्दिनाथ ३, पिआरे, सावा मन्सुली, मोती, गोरखनाथ, जिरा मसिना जस्ता प्रजातिका धान लगाइने गरिन्छ ।

चितवनको कुल क्षेत्रफल दुई लाख २१ हजार ८०० रहेको छ । जसमा ३३ हजार ८३६ हेक्टर खेती योग्य जमिन छ । चितवनमा करिब बर्खे र चैते गरी २८ हजार हेक्टर क्षेत्रफलमा धान लगाइन्छ ।

पछिल्लो समय कृषिमा प्रविधि भित्रिएपछि धानको उत्पादकत्व बढ्दै गएको छ । कृषकहरुले विभिन्न अनुदानका कार्यक्रम पाउने भएकाले पनि  धान खेतीमा युवापुस्ताहरुको आकर्षण बढ्दै गएको छ ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु