कालिका – चितवन उद्योग संघ, कालिका समितिको सातौंं बार्षिक साधारणसभा तथा चौथो अधिवेशनबाट अन्तोष बमजनको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ । कालिका समितिका अध्यक्ष अन्तोष बमजनको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कालिका नगरपालिकाका नगरप्रमुख विनोद रेग्मी प्रमुख अतिथि रहनुभएको थियो ।
प्रमुख अतिथि रेग्मीले उद्योग संघ कालिकासँग औद्योगिक प्रबद्र्धनात्मक कार्यमा सहकार्य गरी अगाडि बढ्न कालिका नगरपालिका सधैं तत्पर रहेको बताउनुभयो । रेग्मीले छिट्टै नै शक्तिखोर औद्योगिक क्षेत्रलाई सञ्चालन प्रक्रियाको ल्याई शक्तिखोर औद्योगिक ग्रामको रुपमा विकास गरिने समेत बनाउनुभयो ।
कार्यक्रममा कालिका नगरपालिकाका उपप्रमुख विमला तामाङ्ग, कालिका समितिका निवर्तमान अध्यक्ष चन्द्रकान्त सुवेदी, वडाअध्यक्षहरुको तर्फबाट कालिका नगरपालिका वडा नं. ४ का वडाअध्यक्ष मकरमान श्रेष्ठ, भीमवली सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष जयचन्द्र प्रसाद चौधरी, पालिका समितिहरुको तर्फबाट राप्ती समितिका अध्यक्ष खिलप्रसाद घिमिरे लगायतले साधारणसभाको सफलताको शुभकामना सहित नवनिर्वाचन समितिलाई धन्यवाद व्यक्त गरेका थिए ।
कार्यक्रमलाई थप रोमान्चक बनाउनको लागि कालिका क्षेत्रका उद्योगहरुबाट उत्पादित वस्तुहरुलाई गोलाप्रथाका माध्यमबाट अतिथि एवम् सहभागीहरुलाई प्रदान गरिएको थियो ।
चितवन उद्योग संघ, कालिका समितिका अध्यक्ष अन्तोष बमजनले स्वागत मन्तव्य सहित बार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको कार्यक्रममा कालिका समितिका निवर्तमान अध्यक्ष चन्द्रकान्त सुवेदीलाई सम्मान गरिएको थियो । कालिका समितिका सचिव रघुनाथ सापकोटाले सञ्चालन गर्नुभएको कार्यक्रमलाई कालिका समितिका अध्यक्ष अन्तोष बमजनले धन्यवाद मन्तव्य सहित निर्वाचन समितिलाई फ्लोर हस्तान्तरण गर्नुभएको थियो ।
कार्यक्रममा चितवन उद्योग संघ, कालिका समितिका कोषाध्यक्षको अनुपस्थितिमा कालिका समितिका सचिव रघुनाथ सापकोटाले आर्थिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । प्रस्तुत गरिएका प्रतिवेदनलाई सभाले अनुमोदन समेत गरेको थियो ।
चितवन उद्योग संघका उपाध्यक्ष गजेन्द्र अधिकारी प्रमुख निर्वाचन अधिकृत रहनु भएको निर्वाचन समितिको सदस्यहरुमा कालिका नगरपालिकाका आर्थिक प्रशासन शाखा प्रमुख प्रकाश पौडेल र चितवन उद्योग संघका प्रशासकीय अधिकृत गोविन्द प्रसाद पौडेल रहनु भएको थियो । प्रमुख निर्वाचन अधिकृत गजेन्द्र अधिकारले नवनिर्वाचित समितिको नामावली घोषणा गर्नुभएको थियो ।
नवनिर्वाचित समितिको अध्यक्षमा अन्तोष बमजन, उपाध्यक्षहरुमा बाबुराम के.सी., रघुनाथ सापकोटा, सचिवमा नारायण पौडेल, कोषाध्यक्ष एवम् महिला अध्यक्षमा कोपिला दाहाल, सदस्य एवम् युवा अध्यक्षमा नवराज पुरी, सदस्यहरुमा रुपेन्द्र स्याङदान लामा, हिरा लोप्चन, कृष्ण पुरी, पार्वती देवी शर्मा पौडेल रहनुभएको छ ।
नवनिर्वाचित समितिका अध्यक्षलाई निवर्तमान अध्यक्ष र नवनिर्वाचित अध्यक्षले कार्यसमितिलाई शपथ खुवाउनु भएको थियो । कार्यक्रमलाई चितवन उद्योग संघ, कालिका समितिका नवनिर्वाचित अध्यक्ष अन्तोष बमजनले प्रतिवद्धता सहित कार्यक्रमको समापन गर्नुभएको थियो ।


