अङ्कुरम् एकेडेमीमा अभिभावक प्रशिक्षण

एटुजेड समाचार

चितवन – भरतपुर–७, कृष्णपुरस्थित अङ्कुरम् एकेडेमीमा आयोजित कार्यक्रममा २१ औँ शताब्दीले अभिभावकत्वमा चुनौतीहरू थपिएको बताइएको छ । कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीका अभिभावकहरूका लागि छुट्टाछुट्टै आयोजित कार्यक्रम असल अभिभावक बन्न गर्नुपर्ने र गर्न नहुने व्यवहारबारे तथ्यसहित प्रशिक्षण दिइएको हो ।

कार्यक्रमका प्रशिक्षक सेन्ट जेभियर्स स्कुलका पूर्वप्राधानाध्यापक जोसेफ निरौलाले आजको युगमा अभिभावकहरूलाई पारम्पारिक मूल्यहरू र आधुनिक प्रविधिहरूसँग जुध्नु परेको बताए । बदलिँदो युगमा अभिभावकत्व एक जटिल कार्य बनेको छ, जहाँ बालबालिकाको शारीरिक, मानसिक र भावनात्मक विकासका लागि सही मार्गदर्शन प्रदान
गर्नु महत्त्वपूर्ण छ,’ उनले भने ।

असल अभिभावकत्व भनेको बच्चालाई प्रेम गर्ने, मार्गदर्शन गर्ने र स्पष्ट सीमाहरू निर्धारण गरी बच्चाको स्वतन्त्रता र आत्मसम्मानलाई बढावा दिँदै बच्चाहरूको विकास चरण बुझेर उनीहरूको व्यक्तिगत आवश्यकताअनुरूप व्यवहार गर्नु हो,’ उनले भने ।

सामाजिक सञ्जाल, स्मार्टफोन, ट्याब्लेट, कम्प्युटर र इन्टरनेटको अधिक प्रयोग
किशोरकिशोरीहरूमा नयाँ चुनौतीको रूपमा देखा परेको बताउँदै प्रशिक्षक निरौलाले छोराछोरीमा स्क्रिन टाइम’को नियन्त्रण गर्न अभिभावकहरूलाई कठिनाइ भइरहेको बताए ।

उनले स्मार्टफोनको अत्यधिक प्रयोगले किशोरकिशोरीकोे सामाजिक, शैक्षिक तथा मानसिक विकासमा असर पु¥याउने हुनाले अभिभावक यसप्रति सचेत हुनुपर्ने बताए । आजका अभिभावकले उपकरणको सही प्रयोग कसरी गर्ने भन्ने बुझेर आफ्ना सन्तानलाई समय दिने र र उनीहरूको भावनात्मक आवश्यकताहरूलाई प्राथमिकताान राख्नुपर्छ’, उनले भने ।

Forbes

प्रशिक्षण कार्यक्रममा २१ औं शताब्दीमा अभिभावकलाई शैक्षिक तथा मानसिक स्वास्थ्यमा एकैसाथ ध्यान दिने चुनौती रहेको बताइयो । छोराछोरीलाई सफल नागरिक बनाउन राम्रो शिक्षा र मानसिक सन्तुलनबारे अभिभावक चनाखो हुनुपर्ने तथ्यमाथि जोड दिइएको थियो । प्रशिक्षक निरौलाले भने, अहिले छोराछोरीलाई कसरी सिकाउने भन्दा पनि कसरी बचाउने भन्ने कुरा चुनौतीपूर्ण छ,’ अधिकांश किशोरकिशोरी अभिभावकको सही अभिावकत्व नहुँदा गलत बाटोमा हिँडेको पाइएको छ ।’

अहिलेका किशोरकिशोरीमा तनाव, डिप्रेशन, र सामाजिक दबाबजस्ता समस्याहरू बालबालिकामा बढिरहेका छन् । यसमा अभिभावकले निरन्तर संवाद, प्रोत्साहन र हिम्मत दिनु आवश्यक छ’, उनले भने । कामकाजी अभिभावकले आफ्ना छोराछोरीलाई समय दिन नसक्दा समस्या थप बल्झिन सक्ने हुनाले समयको व्यवस्थापन र पारिवारिक अनुशासन कायम गर्नुपर्ने उनले बताए ।

यदि खाना खाने समयमा अभिभावकले मोबाइल प्रयोग गरेन भने छोराछोरीलाई पनि नचलाउन निर्देशन दिन सकिन्छ, त्यो बालबालिकाले पनि सहजै ग्रहण गर्छन् र अटेरी गर्दैनन्,’ प्रशिक्षक निरौलाले भने ।

निरन्तर बदलिइरहेको अहिलेको समयमा अभिभावकले हप्काउने, आक्रोश व्यक्त गर्ने र गाली गर्नुको सट्टा सहानुभूति दर्शाएर किशोरकिशोरीको कुरा सुनिदिनु पर्ने र आफ्ना बच्चासँग निरन्तर कुराकानी गर्नुपर्नेमा उनको जोड थियो । यस्तो क्रियाकलापले बच्चाहरुमा आत्मसम्मान र आत्मविश्वासको विकासमा हुने उनले बताए । मद्दत गर्दछ ।

प्रविधिको तीव्र विकास भइरहेको अहिलेको समयमा बालबालिकाको शारीरिक, मानसिक र भावनात्मक विकासमा सन्तुलन राख्नु निकै चुनौतीपूर्ण कार्य हो भएकोले आधुनिक प्रविधि, शिक्षा, मानसिक स्वास्थ्य र समय व्यवस्थापनलाई सन्तुलित बनाउने भूमिका अभिभावकको भएकोले धैर्य, समर्पण र समझदारीको आवश्यकता पर्दछ बोध गरी असल नागरिक बनाउन क्रियाशील हुनुपर्ने तथ्यमाथि जोड दिइएको थियो ।

विद्यालयका प्राचार्य सुमन पौडेलले स्वागत गरेको कार्यक्रममा विद्यालयका +२ निर्देशक डा. आरएन खनालले शैक्षणिक गतिविधि र आचारसंहिताका बारेमा जानकारी गराएका थिए । आवासीय निर्देशक नईम चौधरीले धन्यवाद ज्ञापन गरेको कार्यक्रमको सञ्चालन +२ संयोजक अर्जुनबाबु दौलियाले गरेका थिए ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु