अस्ट्रेलिया – अष्ट्रेलियाको २०२५–२०२७ कार्यकालका लागि सम्पन्न निर्वाचनमार्फत आठवटै राज्य तथा क्षेत्रका संयोजकहरू चयन भएका छन्।
एनआरएनए अष्ट्रेलियाका प्रमुख निर्वाचन आयुक्त डिल्ली ढकालका अनुसार १६ हजारभन्दा बढी दर्ता भएका मतदातामध्ये १३,७०१ जनाले मतदान गरेका थिए, जुन कुल मतदाताको झण्डै ८५ प्रतिशत हो।
यसपटक क्वीन्सल्याण्ड र तास्मानियामा भने निर्वाचन आवश्यक नपरेको हो, किनभने संयोजक अतुल खड्का (क्वीन्सल्याण्ड) र सुजन वाग्ले (तास्मानिया) सहितको टिम निर्विरोध निर्वाचित भएको हो।
अन्य राज्य तथा क्षेत्रमा भएको निर्वाचनमा निम्न उम्मेदवारहरू विजयी हुनुभएको छः
• न्यू साउथ वेल्स (NSW): उषा किरण बारिया पोखरेल
• साउथ अष्ट्रेलिया (SA): थीरबहादुर गुरुङ
• वेष्टर्न अष्ट्रेलिया (WA): हरिवंश सञ्जेल (सुमन)
• अष्ट्रेलियन क्यापिटल टेरेटोरी (ACT): ललित मल्ल
• भिक्टोरिया (VIC): महादेव धानुक
• नर्दन टेरिटोरी (NT): त्रिलोचन सापकोटा
समग्र निर्वाचन प्रक्रिया शान्तिपूर्ण, पारदर्शी र उत्साहजनक सहभागिता सहित सम्पन्न भएको छ। यो नेतृत्वले आगामी दुई वर्ष अष्ट्रेलियामा रहेका नेपाली समुदायको हक, हित र पहिचानको प्रवर्द्धनका लागि काम गर्ने अपेक्षा गरिएको छ।


