विराटनगर – कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जिल्ला प्रहरी कार्यालय झापामा कार्यरत प्रहरी निरीक्षक विजय चौहान असार “महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित गरेको छ ।
विभागीय मूल्य-मान्यता, आदेश-निर्देशनको पालना गरी उच्च मनोबल र साहसका साथ आफ्नो कर्तव्य निर्वाह गर्ने क्रममा प्रहरी निरीक्षक विजय चौहानले भद्रपुर नगरपालिका-५ स्थितमा चेकजाँचको क्रममा ४७ ग्राम ६९० मिलिग्राम ब्राउन सुगर सहित कार र एक जना व्यक्तिलाई नियन्त्रणमा लिएकोमा भद्रपुर नगरपालिका-७ मा ६ राउण्ड गोली फायर गरी २०५ ग्राम ८० मिलिग्राम ब्राउन सुगर सहित २ जना व्यक्तिलाई नियन्त्रणमा लिएको थियो ।
त्यसै गरी झापा गाउँपालिका-४ स्थितमा चेकजाँचको क्रममा साईकलको चक्का भित्र १६७ ग्राम ब्राउन सुगर सहित एक जनालाई नियन्त्रणमा लिन सफल भएको थियो ।
उनीहरूले सम्पादन गरेको उत्कृष्ट कार्यको उच्च मुल्याङकन गर्दै २०८२ असार “महिनाको सर्वोत्कृष्ट प्रहरी” घोषणा गरी पुरस्कृत गरिएको छ ।


