नारायणी नदिमा जोखिम मोलेर बाढीले बगाएर ल्याएको दाउरा निकाल्दै स्थानीय

चितवन – यतीबेला नारायणी नदिमा पानीको सतह बढेको छ । एकातिर तटीय क्षेत्रका स्थानीयलाई बाढी पसेर घरबार बगाउने पिरलो छ  भने अर्कोतर्फ केहीलाई त्यही बाढीमा हेलिएर काठ, दाउरा जोड्न भ्याइनभ्याइ छ । उर्लिएर आएको पानीको भेलमा पसेर काठ/दाउरा समाउनेको भीड नारायणी किनारमा प्रशस्त देख्न पाइन्छ ।

दाउरा खोज्न नदीमा हेलिँदा कती मानिसहरुको ज्यान जाने र बेपत्ता हुने घटना हामीले सुनेकै छौं। तर पनि ज्यानको बाजी लगाएरै भए पनि भेलमा हेलिएर काठ/दाउरा समाउने सर्वसाधारणको कमी छैन । तटीय क्षेत्रका धेरैलाई यही दाउरा, काठ खाना पकाउनका लागि इन्धन र आम्दानीको स्रोत समेत बनेको छ ।

नदीबाट संकलित दाउराले वर्षभरि खाना पकाउन पुग्ने गरेको तर ज्यानको जोखिम भने उतिकै रहेको दाउरा संकलकहरुको भनाई छ । काठ र दाउरा संकलन गर्दा जोखिम भएपनि बिहान बेलुकीको छाक टार्नकै लागि जोखिमपूर्ण काम गर्नुपर्ने अवस्था आएको उनिहरुको भनाई छ । यसरी निकालिएको दाउराको बिक्रीबाट घर खर्च समेत पुग्ने र बिक्री नभए आफैले घरमा चुलो बाल्न हुने भएकोले पनि उनिहरुले यस्तो काम गरिरहेका बताउछन् ।

नायणीमा नदिमा यसरी नै दाउरा निकाल्न मान्छेहरुको भिड लाग्ने गरेपछी जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय चितवनले सुरक्षित रहन विभिन्न सुचनाहरु पनि जारी गर्दै आएको छ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु