उपभोक्ता अदालतसम्बन्धी विषयमा असन्तुष्टि जनाउँदै भरतपुर अस्पतालमा धर्ना

एटुजेड समाचार

चितवन – उपभोक्ता अदालतसम्बन्धी विषयमा असन्तुष्टि जनाउँदै नेपाल चिकित्सक संघले घोषणा गरेको चरणबद्ध आन्दोलन अन्तर्गत आज (आइतबार) धर्ना दिइएको छ । देशका विभिन्न अस्पतालमा चिकित्सकले धर्ना दिएर आन्दोलनमा ऐक्यबद्धता जनाएका हुन् ।

चितवनका विभिन्न अस्पतालमा कार्यरत चिकित्सकहरु भरतपुर अस्पतालमा जम्मा भएर एक घण्टा धर्ना दिएका छन् । संघको घोषित कार्यक्रम अन्तरगत असार २२, आइतबार आ–आफ्नो कार्यस्थलमा पहिलो एक घण्टा धर्ना दिने कार्यक्रम रहेको थियो ।

असार २३ गते सोमबार देशभरका स्वास्थ्य संस्थाहरूमा आकस्मिक बाहेक सम्पूर्ण सेवा बन्द गर्ने, सोमबारसम्म चिकित्सकहरूबाट हस्ताक्षर तथा मेडिकल काउन्सिलको प्रमाणपत्र संकलन गरी संघको केन्द्रीय कार्यालय, काठमाडौंमा पठाउने, असार २४ मंगलबार चिकित्सकहरूले नेपाल मेडिकल काउन्सिलको प्रमाणपत्र काउन्सिलमा बुझाउनेलगायतका विरोधका कार्यक्रम रहेका छन् ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु