विश्व फुटबलका चम्किला तारा : अलविदा जोटा

स्पेन –  विश्व फुटबलमा एउटा अत्यन्तै दुःखद क्षण आएको छ। लिभरपुलका लोकप्रिय स्ट्राइकर डियोगो जोटाको कार दुर्घटनामा निधन भएको छ। स्पेनको जामोरामा भएको सो दुर्घटनाले  केवल लिभरपुल क्लबलाई मात्र होइन समग्र फुटबल जगतलाई स्तब्ध बनाएको छ।

२८ वर्षीय जोटा स्पेनको जामोरास्थित राजमार्गमा गाडी चलाइरहेका थिए, त्यही बेला ओभरटेक गर्ने क्रममा उनको कारको टायर अचानक फाट्यो।

सन्तुलन गुमाउँदै गाडी डिभाइडरमा ठोक्किएपछि विस्फोटसहित आगलागी भएको बताइएको छ। घटनास्थलमै जोटा र उनका २५ वर्षीय भाइ आन्द्रे सिल्भाको मृत्यु भएको पुष्टि गरिएको छ।

केही दिनअघि मात्र जोटाले विवाह गरेका थिए। नवविवाहित जीवन सुरु भएको बेला आएको यो दुःखद खबरले जोटाका परिवार, साथीहरू र प्रशंसकहरूलाई गहिरो पीडा दिएको छ।

लिभरपुल एफसीले एक शोकपूर्ण वक्तव्य जारी गर्दै क्लबको ‘मूल्यवान सदस्य’ गुमाएको बताएको छ।

Forbes

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु