इच्छाकामनाको चण्डीभञ्ज्याङ स्वास्थ्य चौकीमा विद्युत नहुँदा समस्या

एटुजेड समाचार

चितवन – चितवनको इच्छाकामना गाउँपालिका ६ मा रहेको चण्डीभञ्ज्याङ स्वास्थ्य चौकीमा बिद्युत अबरुद्द हुँदा स्वास्थ्य चौकीको सेवामा समस्या भएको छ । गत शुक्रबारबाट बिद्युत सेवा अबरुद्द हुँदा बिशेष गरी इमेर्जेन्सीका बिरामी, डेलिभरीका बिरामीको उपचारमा समस्या परेको हो ।

स्वास्थ्य चौकीकी एक नर्सका अनुसार स्वास्थ्य चौकी जस्तो संवेदनशिल ठाउँमा बिद्युत नहुँदा निकै समस्या परेको बताइन् । उनले स्वास्थ्य चौकी बिद्युत नहुँदा समस्या भएको हुँदा अस्पताल प्रशासन, वडा कार्यालय गाउँपालिकालाई खबर गर्दा पनि चासो नदेखाएको बताईन् ।

उनले भनिन्, बिद्युतका कारण समस्या भएपछी बिद्युत कार्यालयमा बुझ्दा सानो तारले नधानेर बिद्युत सेवा अबरुद्द भएको बताउनुभयो । बिद्युत सेवा सुचारु गर्नका लागि ठुलो तार आवश्यक पर्ने भएपछी मैले सबैलाई खबर गरे कसैले चासो देखाउनु भएन ।

स्वास्थ्य सेवा बाहेक बत्ती नहुँदा शौचालयमा पानीको समस्या, खाने पानीको समस्या परेको बताइन्न। सोही समस्यालाई लिएर बुधबार मुग्लिन प्रहरी निबेदन गरेपछी आइतबारसम्म बत्ति बनाउने जानकारी प्राप्त भएको उनको भनाई छ ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु