अर्किड माविका तीन जनाले ल्याए ४ जिपिए

एटुजेड समाचार

भरतपुर–१० स्थित अर्किड माविले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ मा उत्कृष्ट नतिजा हासिल गरेको छ ।

विद्यालयका अध्यक्ष आकास पौडेलका अनुसार विगतका वर्षहरूको उत्कृष्ट नतिजालाई निरन्तरता दिँदै यस वर्ष पनि विद्यालयले प्रभावशाली सफलता प्राप्त गरेको छ ।

यस वर्ष समृद्धि रेग्मी, स्नेहा आचार्य र सुशील सुवेदी गरि तीन जनाले जिपिए ४.० प्राप्त गर्न सफल भएका छन् ।

विद्यालयका ७२ जना विद्यार्थीले जिपिए ३.६० देखि ३.९६ सम्म प्राप्त गरेका छन्, त्यसैगरी २.६ देखि ३.२ जिपिए प्राप्त गरेका विद्यार्थीहरूको संख्या ५२ रहेको छ ।

अर्किड माविबाट यस वर्ष १३० जना विद्यार्थीले एसईई दिएका थिए जसमध्ये १२७ जना पास भएका छन् ।

गत वर्ष पनि अर्किड माविका २ जना विद्यार्थीले पूर्ण जिपिए ४.० प्राप्त गरेका थिए ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु