अमेरिका – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायल र इरानबीच पूरा युद्धविरामको सहमति भएको घोषणा गरेका छन्।
उनले सामाजिक सञ्जालमा लेख्दै आगामी ६ घण्टाभित्र दुवै पक्षले आ–आफ्ना अन्तिम सैन्य कार्यहरू टुंग्याएर १२ घण्टाको युद्धविराम सुरु गर्ने र त्यसको २४ घण्टापछि युद्धको आधिकारिक अन्त्य हुने बताएका छन्।
उनका अनुसार इरानले १२ घण्टामा युद्धविराम सुरु गर्नेछ भने इजरायलले त्यसपछि युद्धविराम कार्यान्वयन गर्नेछ।
यस युद्धलाई ट्रम्पले ‘१२ दिने युद्ध’ को संज्ञा दिँदै इरान र इजरायल दुबैलाई सहनशीलता, साहस र बुद्धिमत्ताका लागि बधाई दिएका छन्। उनले लेखेका छन्, “यो युद्ध वर्षौंसम्म लम्बिन सक्थ्यो, तर त्यो भएन र अब हुने पनि छैन।”
उनले अन्त्यमा भनेका छन्, “God bless Israel, God bless Iran, God bless the Middle East, God bless the United States of America, and GOD BLESS THE WORLD!”


