११ औं विश्व योग दिवस २०२५ को अवसरमा अर्किड विद्यालयद्वारा योग शिविर सम्पन्न

एटुजेड समाचार

भरतपुर – अर्किड स्कुल भरतपुर–१० ले ११ औं विश्व योग दिवस २०२५ को अवसरमा “सिङ्गो पृथ्वी र मानव स्वास्थ्यका लागि योग” भन्ने नारासहित विद्यालय परिसरमा एक दिने योग शिविर आयोजना गरेको छ।

उक्त योग शिविरमा विद्यालयका कक्षा ६ देखि ९ सम्मका विद्यार्थीहरू तथा शिक्षकहरूको उत्साहजनक सहभागिता रहेको थियो। कार्यक्रमलाई योग प्रशिक्षक श्री पुष्पकुमार श्रेष्ठले सञ्चालन गरेका थिए।

शिविरमा सहभागीहरूले योगासन, प्राणायाम, ध्यान, तथा शारीरिक र मानसिक स्वास्थ्यका लागि उपयोगी योग अभ्यासहरू सिकेका थिए। प्रशिक्षणका क्रममा योगको महत्व, दैनिक जीवनमा यसको प्रयोग र मानसिक सन्तुलनको आवश्यकता विषयमा जानकारी दिइएको थियो।

विद्यालयको अतिरिक्त क्रियाकलाप विभाग प्रमुख अमित भुसालका अनुसार अर्किड स्कुलले हरेक वर्ष विविध स्वास्थ्य तथा वातावरण सम्बन्धी कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ। “शारीरिक र मानसिक स्वास्थ्य सुदृढ बनाउन योग अत्यन्त प्रभावकारी माध्यम हो,” भुसालले बताए।

कार्यक्रमले विद्यार्थीहरूमा योगप्रतिको जागरूकता बढाउनुका साथै स्वास्थ्यप्रति सचेत बनाउने उद्देश्य पूरा गरेको विश्वास लिइएको छ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु