बलिउडका चर्चित अभिनेता फरदीन खान आफ्नो अचम्मको ट्रान्सफर्मेशनका कारण फेरि चर्चामा छन्।
पहिलेनै चकलेटी हिरोको छवि बनाएका फरदीनको तौल एक समय १०३ केजी पुगेको थियो। लामो समय फिल्मी दुनियाँबाट टाढा रहँदा बढेको तौल र डिप्रेसनका कारण उनले अभिनयबाट ब्रेक लिएका थिए।



तर, सन् २०२० पछि उनले पुनः अभिनयमा फर्किने लक्ष्यसाथ २५ किलो तौल घटाएर ७८ केजी मा झरेका छन्। उनले यो परिवर्तन गर्न मदिरा सेवन पूर्ण रूपमा त्यागेको र लाइफस्टाइल परिवर्तन गरेको बताए।
फरदीनले १४ वर्षपछि नेटफ्लिक्सको चर्चित सिरिज ‘हिरामण्डी’ बाट कमब्याक गरेका छन्। उनको यो परिवर्तन बलिउडमा प्रेरणाको रूपमा हेरिएको छ।
– मूभी क्लब नेपाल 🎬


