बालकुमारीका पूर्वविद्यार्थीहरुको अनुकरणीय काम, अभिभावकलाई सम्मान

चितवन – चितवनको पुरानो एवं प्रतिष्ठित बालकुमारी माध्यमिक विद्यालयका पूर्वविद्यार्थीहरुले शनिबार नारायणगढमा अभिभावक सम्मान कार्यक्रम सम्पन्न गरेका छन् । बालकुमारीको एसएलसी ब्याच २०३९ सालका विद्यार्थीहरुको समूह बालमाविद् २०३९ समूहले सो समूहका सदस्यहरुका अभिभावकलाई दोसल्ला, सम्मानपत्र र उपहारसहित सम्मान गरेको हो ।

सम्मान कार्यक्रममा सबैभन्दा पहिले शैलेन्द्र श्रेष्ठका सय वर्षीय बुवा बटुकलाल श्रेष्ठलाई सम्मान गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि एवम् भरतपुर–२ का वडाध्यक्ष मनोज रानाभाटले श्रेष्ठसहित २५ जनालाई सम्मान गरे । उनले बालकुमारीका पूर्वविद्यार्थीहरुले राम्रो, प्रशंसनीय र अनुकरणीय काम गरेको भन्दै खुसी व्यक्त गरे ।

बालकुमारी एसएलसी ब्याच २०३९ का अध्यक्ष बद्री खनालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बालकुमारी मा्धयमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोपाल भट्टराई, विद्यालयका प्रधानाध्यापक आनन्दराज सापकोटा, बालमाविद् अलम्नाई एसोसिएसनका अध्यक्ष वामदेव शर्मालगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

बालमाविद् २०३९ समूहका उपाध्यक्ष लक्ष्मण बानियाँले संचालन गरेको कार्यक्रममा सचिव शैलेन्द्र श्रेष्ठले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रम उद्योग वाणिज्य संघ चितवनको सभाहलमा सम्पन्न भएको थियो ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु