प्रकाश ढकालको ‘कान्छी नानी’ गीत सार्वजनिक (भिडियोसहित)

एटुजेड समाचार

चितवन – नेपाली संगीत क्षेत्रमा सक्रिय सर्जक प्रकाश ढकालले आफ्नो नयाँ गीत ‘कान्छी नानि’ सार्वजनिक गरेका छन्।

गीतमा गायक रामचन्द्र काफ्ले र गायिका प्रीती आलेको सुमधुर स्वर सुन्न सकिन्छ।भावनात्मक प्रेम कथामा आधारित यो गीतलाई ढकालले नै शब्द र संगीत दिएका हुन् भने राकेश सोनीले संगीत संयोजन (एरेन्ज) गरेका छन्। सरल तर गहिरो भावमा लेखिएको गीतको लय संयोजनले समकालीन संगीत पारखीलाई आकर्षण गर्ने छ भन्ने अपेक्षा गरिएको छ।

गीतको भिडियो ढकालकै युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो। भिडियोलाई मुकेश नेपालीले निर्देशन गरेका छन्, जसमा बद्री तिवारी, अञ्जु अधिकारी र प्रीती आलेको अभिनय देख्न सकिन्छ।

भिडियोले गीतको भावनालाई दृश्यात्मक रूपमा प्रभावशाली ढंगले उतार्ने प्रयास गरेको छ। विशेष गरी प्रेमभाव, सम्झना र आत्मीय सम्बन्धको चित्रणमा भिडियोले दर्शकको संवेदनालाई स्पर्श गर्न खोजेको छ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु