अमेरिकामा विमान दुर्घटना : संगीत एजेन्टसहित तीन जनाको मृत्यु

अमेरिका – अमेरिकाको सान डिएगोमा बिहीबार बिहान भएको सानो विमान दुर्घटनामा संगीत एजेन्ट डेव शापिरोसहित तीन जनाको मृत्यु भएको छ।

सेस्ना ५५० विमान विद्युत् लाइनमा ठोक्किएर बस्तीमा खस्दा आगलागीसमेत भएको थियो।दुर्घटनामा द डेविल वेयर्स प्राडा ब्यान्डका पूर्व ड्रमर ड्यानियल विलियम्स पनि मृतकमा परेका छन्।

दुर्घटनापछि केही घरमा क्षति पुगेको छ भने करिब १०० जनालाई सुरक्षित स्थानमा सारिएको छ। घटनाबारे अमेरिकी अधिकारीहरूले अनुसन्धान थालेका छन्।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु