जापान – जापानका कृषि मन्त्री एटो ताकुले चामलबारे दिएको विवादास्पद टिप्पणीका कारण बुधबार प्रधानमन्त्री इसिबा शिगेरु समक्ष राजीनामा बुझाएका छन्।
एटोले आइतबार “मैले चामल किन्नु परेको छैन, किनभने समर्थकहरूले प्रशस्त चामल दिन्छन्” भनेका थिए। मूल्य वृद्धि भइरहेको अवस्थामा आएको यो भनाइको कडा आलोचना भएपछि उनले पछि आफ्नो टिप्पणी फिर्ता लिएका थिए।
प्रधानमन्त्री इसिबाले टिप्पणीले नीतिमा असर पार्ने भन्दै राजीनामा स्वीकार गरेको जनाएका छन्। विपक्षी नेताहरूले यसलाई “प्राकृतिक निर्णय” बताउँदै सरकारले चाँडै मूल्य घटाउने प्रयास गर्नुपर्ने माग गरेका छन्।

