भ्रष्टाचार आरोपमा सांसद् बस्नेत निलम्बित

एटुजेड समाचार

काठमाडौँ – प्रतिनिधिसभा सदस्य मोहनबहादुर बस्नेत पदबाट निलम्बित भएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा सभामुख देवराज घिमिरेले बस्नेत पद निलम्बन भएको पत्र पढेर सुनाए ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वमन्त्रीसमेत रहेका बस्नेतविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेपछि उनी भ्रष्टाचार निवारण ऐनअनुसार स्वतः पदबाट निलम्बन भएका हुन् ।

टेरामक्स खरिद गर्दा अनियमितता तथा भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वमन्त्री बस्नेतसहित १६ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको छ । अख्तियारले उनीहरूमाथि रु तीन खर्ब २१ करोड बिगो माग दाबी गरिएको छ ।

२०७९ को निर्वाचनमा सिन्धुपाल्चोक क्षेत्र नम्बर २ बाट विजयी तत्कालीन सूचना तथा सञ्चारमन्त्री बस्नेतसहित १६ जनाविरुद्ध बिहीबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ३ अर्ब २१ करोड बिगोसहित विशेष अदालतमा मुद्दा दायर गरेको हो।

मन्त्री पदमा रहेका बेला टेलिकम्युनिकेसन ट्राफिक मोनिटरिङ एन्ड फ्रड कन्ट्रोल सिस्टम (टेरामक्स) को खरिद कार्यमा मिलेमतो गरी भ्रष्टाचार गरेको दाबीसहित मुद्दा दायर भएपछि बस्नेतको सांसद पद पनि स्वत: निलम्बन भएको हो ।

Forbes

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु