सगरमाथामा आरोहणका क्रममा एक जना विदेशी आरोहीको मृत्यु

एटुजेड समाचार

सोलुखुम्बु — विश्वको सर्वोच्च शिखर सगरमाथामा आरोहणका क्रममा एक जना विदेशी आरोहीको ज्यान गएको छ । बुधबार बेलुका सगरमाथाको चौथो शिविरमा पुगेका फिलिपिन्सका ४५ वर्षीय पुरुषको ज्यान गएको पर्यटन विभागले जनाएको छ ।

विभागका अनुसार बेलुका ८ बजेतिर चौथो शिविर पुगेका फिलिप नागरिक स्यान्टियागोको राति ८ बजेतिर ज्यान गएको हो । उनी थकित रूपमा चौथो आधार शिविर पुगेका थिए । शव चौथो शिविरमै रहेको विभागले विज्ञप्तिमा जनाएको छ ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु